दक्षिण कि महारानी
Wmscog ले दक्षिण कि महारानी भनेको " माता परमेस्वर हो" भन्दै अर्थ लगाएर सन्तहरुलाइ " माता परमेस्वर" को अस्तित्व साबित गर्न खोजेको प्रयत्न देखे ।अब हामी बाइबलका पदहरुलाई तुलनात्मक रुपमा हेरेर सत्यता केहो भन्ने पत्ता लगाऔ । बाइबलको पद यश प्रकार छ ।
( मत्ती १२:४१-४२) निनवेका मानिसहरु न्यायको दिनमा यश पुस्ताका साथ खडा हुनेछन, र यसलाइ दोषी ठहराउनेछन । , किनकी तिनिहरुले योनाको प्रचारमा पस्चाताप गरेथे, तर हेर योना भन्दा महान कोहि यहाँ छ । दक्षिणकि महारानी न्यायको दिनमा यश पुस्ताको साथमा खडा हुनेछिन, र यसलाइ दोषी ठहराउनेछिन । किनकी तिनी पृथ्वी को पल्लो छेउ देखि सोलोमनको बुद्दी को कुरा सुन्नलाइ आइन । तर हेर , सोलोमन भन्द महान कोहि यहाँ छ ।
बाइबल लाई अर्थ लगाउदा माथी र तल सन्धर्भ केलाएर अर्थ लगाएन भने झुटा अगमबक्ता बन्न पुगिन्छ ।
सर्ब प्रथम त हामी न्यायको दिन मा खडा हुने, निनवेका मानिसहरु र दक्षिण कि महारानी को हुन भन्न आवश्यक छ । र तिनीहरु केका लागि खडा हुने? र खडा भएका ती मानिसहरु र दक्षिण कि महारानी योना र सोलोमन भन्दा महान हुन त? निनवेका १ लाख २० हजार भन्दा बढी मानिसहरुलाइ योना ले प्रचार गरेका थिए । जसले योनाको प्रचारलाइ सुनेर पस्चताप गरेका थिए । अनि द्क्षिण कि महारानी चाहिँ शेवा कि महारानी लाई जनाएको थियो । जुन कुनै समयमा अन्यजातिको देश थियो । तिनी परमेस्वर द्वारा पाएको सोलोमन को बुद्दी सुन्नलाइ इस्राएलमा आएकी थिइन । तिनिले बाइबलका परमेस्वर द्वारा सोलोमन को बुद्दिलाइ सुनेर अवाक भएकी थिइन।
अब यी पात्रहरु किन न्यायको दिनमा खडा हुने होला?
येशुले यो वचन दिनु भएको चाहिँ, सास्त्री र फरिसी जो पुरानो करारका बारेमा आफुलाइ सबै थाहा भएको झै गर्थ, तिनिहरु परमेस्वरको ज्ञान्का कुरा , अगमबाणी भन्दा चिन्ह खोज्दथे । यद्यपि तिनिहरुको माझमा धेरै त्यस्तो चिन्हहरु देखाएता पनि बिस्वास गर्दैन थिए । ती मानिसहरुलाइ निनवेका मानिसहरुले पनि योना को कुरा मा बिस्वास गरि पस्चताप गरे, अन्यजाती नै भए पनि शेबाकी महारानी परमेस्वरको बुद्धि सुन्न लाई बहुमुल्य कुरा लिएर आइन । तिनिहरुले परमेस्वरको कुरा माथी ध्यान दिएका थिए । त्यसैले यहुदिहरु जो परमेस्वरको वाणी माथी बिस्वास गर्दैन थिए । र उहाँ ख्रीष्ट लाई इन्कार गर्थे तिनिहरुलाइ दोषी ठहराउन निनवेका मानिसहरु र दक्षिण ( शेबा भन्ने देश दक्षिण मा पर्थ्यो) कि महारानी खडा भएर आफुहरुले परमेस्वरलाइ पहिले देखिनै नचिनेको भए ता पनि पहिल्यै देखि नै परमेस्वरलाइ चिनेको दाबि गर्ने मानिसलाइ दोषी ठहराउने भन्ने बारे दिनु भएको वचन हो ।
के यस पद मा भनिएको दक्षिण कि महारानी जाङ्ग गिल जा हुन त? यदि हो भने परस्पर बिरोधी कुराहरु धेरै छन? जाङ्ग लाई त परमेस्वर मान्ने हरुले जाङ्ग भन्दा बुद्दिमान कोहिलाई मान्नु भएन तर तिनी किन सोलोमन को बुद्धि सुन्नलाइ आएकी हुन त? अब कोरियालाइ पुर्ब भनिएको ले दक्षिण भन्ने शब्द प्रयोग गर्न मिल्ला? दक्षीण कोरिया भन्ने शब्द भएकोले दक्षिण सब्दलाइ सापट नै लिने हो भने पनि, के तिनी दक्षिण कोरियाकि महारानी हुन त?
दक्षिण कि रानी सोलोमन कहाँ किन आइन? सोलोमन को बुद्धि का कुराहरु सुन्न???
Comments
Post a Comment