मल्किसेदेकको दर्जाको बिषयमा


मल्किसेदेक ले अब्राहम लाइ रोटि र दाखमद्धद्वारा आशिर्वाद दिदैअध्याय - १ 

मल्किसेदेकको दर्जाको बिषयमा 


परिचय : 

बाइबलमा पुरानो करारमा हारुनको दर्जा अनुसारको पुजाहारी पद थियो, तर येशुलाइ मल्किसेदेकको दर्जा अनुसारको पुजाहारी भनिएको छ। , अब हामि येशु कसरि पुर्ण मल्किसेदेकको दर्जा अनुसारको पुजाहारी हुनुहुन्छ ।भन्ने बारे अध्ययन गरौ ,


पुजाहारीको इतिहास :

अब्राहम को छोरा इसहाक(उत२१:३) र इश्माएल(उत१६:१५ ) थिए , अनि इसहाक का छोरा याकुब र एसाब(उत२५:२५-२६) थिए । याकुबले स्वर्गदुत संग कुस्ती खेलेर जितेपछि उनले इस्राएल भनिने नाउ पाए (उत३२:२८ )। र तिनै याकुब अर्थात इस्राएल बाट १२ छोराहरु जन्मे (उत३५:२३-२६)।

तिनीहरुको नाउ क्रमश; १. रुबेन २. शिमियोन ३. लेबी ४. यहूदा ५. इस्स्खार ६. जबुलून ७. योसेफ ८.बेन्यामिन ९. दान १०.नप्ताली ११. गाद १२. आशेर थियो ।

इस्राएलको १२ छोराहरु मिश्रमा ४३० वर्ष बसोबास गरि कनान देश तर्फ फर्कदा,सिनको उजाड्स्थानमा रहदा मोशा सिनै पर्वतमा दश आज्ञा लिएर फर्कदा, इस्राएलिहरु सुनको बाछाको मुर्ति बनाएर पुजिरहेका थिए (प्रस ३२:१५-२०) । तब मोशाले त्यो समयमा इस्राएलको १२ छोराहारू मध्ये परमेस्वरको निम्ति छुट्ट्याए (प्रस ३२२६-२९)।  त्यस बेला परमेस्वरको निम्ति भनेर लेबीको कुल बाट छुट्ट्याएकोले लेवी को कुलले परमेस्वरको वेदीमा सेवा गर्ने पुजाहारीको आसिश पाए ,(लेवी ८:१-९:२४ सम्म )। त्यसबेला देखि हारुनको दर्जा अनुसारको पुजाहारी पद शुरु भयो र हारुन को कुल अर्थात लेबीको कुलले परमेस्वरको पुजाहारीको कर्तब्य शुरु गरे । येशुको समयमा पनि यीनै कुलको मानिसहरुले पुजाहारीको कार्य गरि आएका थिए । इतिहासमा यो कुल बाहेक एक जनाले पनि परमेस्वरको पुजाहारीको रुपमा कार्य गरेको छैनन् ।


मल्किसेदेकको बिषयको अगमवानी 

हारुनको दर्जा चाहि, पशु बलि गरेर परमेस्वरको प्रजालाई आशिष दिने पुजाहारी थियो । तर भविष्यमा मल्किसेदेकको दर्जा अनुसार पुजाहारी खडा हुने बारे यसरि अगमवाणी गरिएकोछ ।


भजनसंग्रह ११०:४ परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।” राजा दाउदको सिंहासनमा बस्ने व्यक्ति लाइ मल्किसेदेकको दर्जा बमोजिम पुजाहारीको रुपमा खडा गर्नु हुने अगमबाणि गर्नु भयो


तर परमेस्वरले मोशाद्वारा लेबीको कुलमा हारुनको दर्जा बमोजिमको पुजाहारी नियुक्त गर्नु भयो । तर भविष्यमा 

“मल्‍कीसेदेकको दर्जाबमोजिम'' पुजारी खडा हुने भनिएकोले निस्चय नै पुरानो करार पनि परिवर्तन हुन पर्दछ। कोनकि पुरानो करारले हारुनको दर्जा अनुसार पुजाहारी नियुक्त गर्नु पर्ने अनि लेवीको वंसावाली बाहेक अन्य वंशलाइ पुजाहारीको वंसको रुपमा स्वीकार नगर्ने भएकोले अनिवार्य करार पनि परिवर्तन भै पुजाहारी नियुक्त गर्ने नियम पनि बदलिनु पर्दछ ।


यर्मिया ३१:३१-३४  परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्,   जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु,  तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌।‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”


 यसरि पुजाहारी पद परिवर्तन हुने र करार पनि परिवर्तन हुने बारे अगमवाणी गरिएको थियो । 


यो अगवाणी अनुसार नै करार पुरानो करारवाट परिवर्तन भएर नयाँ करार मा बदलियो हिब्रु ८:७-१३ र १०:१-१८ तुलना )।


अब व्यवस्था परिवर्तन भएकोले पुजाहारीपद पनि बदलिनु पर्छ भनि लेखिएकोछ ।


हिब्रु ७:१२ किनकि पूजाहारी पद बद्‌लिँदा व्‍यवस्‍था पनि बद्‌लिनैपर्छ।


हारुनको दर्जाको पुजाहारी पद बाट मल्किसेदेक को दर्जाको पुजाहारी पदमा बदलियो ।

करार अर्थात व्यवस्था पनि पुरानो करार ( मोशाद्वारा दिइएको )बाट नयाँ करार ( परमेस्वरको व्यवस्थामा बदलियो ) 


हारुनको दर्जाको पुजाहारी हुनको सर्त र कार्य :

१.पशु बलिद्वारा परमेश्वर को प्रजालाई आसिश दिने । 

२.पार्थिव पवित्र स्थान मा सेवा गर्ने ।

३.अनिवार्य लेवीको कुलबाट जन्मिएको हुनुपर्ने ।

४. मानिस भएकोले उनको मृत्यु भएर अर्कै नियुक्त हुने ।



 मल्कीसेदेकको दर्जा पुरा गर्न हुनु पर्ने सर्तहरु; 

हिब्रु ७:३ विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌। 


१.रोटि र दाखमद्धद्वारा परमेस्वरको प्रजालाई आशिष दिने ।

२. स्वर्गीय पवित्र स्थान मा सेवा गर्ने । 

३. विनापिता बिनामाता र विनावंशावली।

४.जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी ।


मल्किसेदेकको दर्जा अनुसार येशु प्रधान पुजाहारी मा नियुक्त हुनुभयो भनेर लेखेकाछन् ।

हिब्रु ५:१० मल्किसेदेकको दर्जा अनुसार येशु प्रधान पुजाहारीको पदमा परमेश्वरद्वारा उहा नियुक्त हुनु भयो ।


१.रोटि र दाखमद्धद्वारा परमेस्वरको प्रजालाई आशिष दिने ।


अब , हामि मल्किसेदेकले रोटि र दाखामद्धद्वारा आसिश दिए झैँ कसले यो कार्य गर्नु भयो भन्ने वारेमा हेरौ ,

मात्ति २६:१७-२८ अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज खाने प्रबन्‍ध हामी कहाँ गरौं?” उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो बेला नजिक आएको छ। म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्‍तार-चाड मान्‍नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्‍तार-चाड़को प्रबन्‍ध मिलाए। साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो।...तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”

तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।


इतिहास हेर्दा पुजाहारीहरु धेरै भएता पनि, मल्किसेदेका मात्र यस्ता पुजाहारी थिए जसले आसिष दिन रोटी र दाखामद्ध प्रयोग गर्थे येशुको समयमा पनि धेरै पुजाहारी भएतापनि येशु मात्रै यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले निस्तार- चाड रोटी र दाखमद्यद्वारा आशिष दिनु भयो र यो सर्त पुरा गर्नु भयो,


२. स्वर्गीय पवित्र स्थान मा सेवा गर्ने ।

हिब्रु ८:१-२ अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ।


३. विनापिता बिनामाता र विनावंशावली।

हिब्रुका लेखकले मल्किसेदेक को दर्जा पुरा गर्न अनिवार्य बिना वंसावाली को सर्त पुरा गर्नुपर्ने भनेर लेखेकाछा त्यसो भए यो अगमवाणी येशुले कसरि पुरा गर्नु भयो भनेर लेखेका छन् ?  हामी त्यस पद लाइ हेरेर थाहा पाऔ ;


जसरि मल्किसेदेक लेबीको वंसमा नपर्ने व्यक्ति थिए भनिएकोले ( हिब्रु ७:६) वास्तबिक रुपमा प्रकट हुने मल्किसेदेक पनि कुनै पनि हालत मा  लेबीको वंसमा नपर्ने व्यक्ति हुनु पर्दछ । 

वंसावालको आधारमा हेर्ने हो भने पुजाहारी हुनलाई अनिवार्य लेवीको वंश अर्थात कुलको हुनुपर्ने सर्त थियो ।

त्यसो भए येशु जो रोटी र दाखमद्यद्वारा आशिष दिनु भयो र यो सर्त पुरा गर्नु भयो उहा चाहि कुन कुलको हुनुहुन्छ त?

हिब्रु ७:१४ … हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो….।


मल्किसेदेकको बारेमा हिब्रुका लेखकले भनेको कुरालाई हेरेर बिनावंसावालको अर्थ केहो भनेर पत्ता लगाऔ,


हिब्रु ७:१३-१६ किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन। किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌। यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ, जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌।


क. किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ

कुल नै छैन भनिएको होइन कुल त छ तर अर्कै कुल भनिएको छ 


ख. जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन। 

किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। येशु दाउदको वंशमा जन्मनु भएको थियो (२ तिमोथी २:८,मात्ति १:१-१७ हेर्नुहोस )


ग. यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌।

मोशाले केवल लेवीको वंशको पुजाहारी को बारेमा लेखेका छन् र अन्य वंशलाइ पुजाहारी हुने बारेमा लेखेका छैनन् 


घ.जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌।

पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा भएको भए यहूदाको कुल बाट उत्पन्न हुनुभएको उहाँ कुनै पानि हातल मा पुजाहारी बन्नु नै हुने थिएन , किनकि पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा पुजाहारी बन्न अनिवार्य लेवीको कुलको हुनु पर्दथियो  


किनकि जसको बिषयमा भनिएको हो उहा त अर्कै कुलको हुनुहुन्छ यहाँ ११ पद देखि पढ्दै आउनु भयो भने, लेबीको कुल नभएर अर्कै कुल भनिएको र मा  हिब्रु ७:६ को बचन मा हेर्दा लेबीको वंसमा नपर्ने भनिएकोले, लेबिको वंस मा नपर्ने अन्य कुलको मानिस मात्र मल्किसेदेकको दर्जा पुरा गर्न सक्छ भन्ने कुरा हो  र लगातार लेखिएको छ, ' बेदीमा कहिल्यै सेवा नगरेको कुल हुनु पर्छ भन्ने कुरा हो ।

निष्कर्ष मा , ''विना वंसावाली''को अर्थ अन्यजाति नभएर लेवीको वंसमा नपर्ने लाइ भनिएको हो  ।


        फेरि,बिनापिता बिनामाता भन्ने वारे हेरौ 

के मरियम र योसेफ येशुको आमा बाबा हुन् त ?

यूहन्ना ३:२३ येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे।

भनिएको र मरियम ले येशुलाई जन्माउन योसेफ संग सहवास नगरेकोले(मात्ति १:२५) पनि येशुको वुवा योसेफ हो भन्न मिल्दैन ।

के मरियम येशुको आमा हुन त ?

मरियम कन्या भएकीले उनले येशुलाइ जन्माउन सक्ने सामर्थ्य थियो भनेर भन्न सकिदैन अनि मरियम ले स्वर्गदुत संग यसो भनिन,

लुका १:३४-३८ मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।”

स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। ….किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए। 

फेरि, 

मात्ति १२:४६-५० येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्‍थे। तब एक जनाले येशूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्‍छन्‌।”तर उहाँसँग बोल्‍नेलाई येशूले भन्‍नुभयो, “मेरी आमा को हुन्‌? मेरा भाइहरू को हुन्‌?” अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू। किनभने जसले स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्दछ, त्‍यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्‌।”


यस पदमा  “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्‍छन्‌।'' भन्दा येशुले के भन्नु भयो,  “मेरी आमा को हुन्‌? मेरा भाइहरू को हुन्‌?” भनेर भन्ने कुराले मरियम लाइ आमा को रुपमा स्वीकार गर्नु भएको होला? बरु मेरा भाइ मेरी बहिनि होइन भन्न खोज्नु भएको हो अनि अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू। किनभने जसले स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्दछ, त्‍यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्‌।” भन्नु भएर यी चेलाहरु नै ,मेरा सबथोक हुन भन्ने अर्थमा यो वचन दिनु भएको हो ,


यूहन्ना २:४ तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्‍यहाँ थिइन्‌। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्‍त्‍याइएका थिए। 3दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌। मेरो समय अझसम्‍म आएको छैन।” उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।”


येशुले काना नगरको विवाह भोजमा मरियम लाइ आमा भन्नु पर्ने तर “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌।'' भन्नु भयो फेरि, 

यूहन्ना १९:२६-२७ जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!” तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे।

फेरि, 

 यी सबै पदहरु हेरेर पनि हामि के मरियमलाइ  येशुको आमा भनि भन्छौ ? वास्तबमा येशु आत्मिक रुपमा परमेश्वर हुनुभएको र पिता माता नहुनु भएकोले बिनापिता माता हुनुहुन्छ। तर शरीरमा जन्मिदा मरियमको कोखालाई प्रयोग गर्नु भयो भन्दैमा मरियम लाइ आमा भनि स्वीकार गर्नुभएको होइन । अनि मरियम र योसेफले परमेस्वरमा बिस्वास गरे पनि उहाँ ले तिनीहरुलाई आफ्ना बाबु आमा भन्न मात्ति १२:५० को पदमा भन्नु भएको होइन । अझै धेरै पद भएता पनि ठाउ सिमितताको कारणले यतिमै यसबारेमा समाप्त गरि अर्को बारेमा लेख्दछु 


४.जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी ।

मल्‍कीसेदेकको अगमवाणी पुरा गर्न अनिवार्य पुरा गर्नु पर्ने सर्त भनेको नै पुनरुत्थान पनि हुनुपर्दछ , त्यसैले येशु को जन्म पनि पवित्र आत्मा बाट भएको र मृत्यु भोगेता पनि तुरुन्तै पुनरुत्थान भइ यो सर्त पनि पुरा गर्नु भयो ।


हिब्रु ७:२३-२७ अघिका पूजाहारीहरू धेरै संख्‍यामा थिए, किनकि मृत्‍युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्‍यो। तर येशूचाहिँ अनन्‍त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्‍छ। फलस्‍वरूप उहाँद्वारा परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्‍छ। किनभने तिनीहरूका निम्‍ति मध्‍यस्‍थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्‍छ।किनकि यो उचित थियो कि हाम्रा लागि यस्‍ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्‍कलङ्क, पापीहरूबाट अलग र स्‍वर्गभन्‍दा पनि माथि उचालिएका हुनुहुन्‍छ। अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो।


त्यसोभए आन साङ्ग होंग ज्युको पुस्तक मा भएको मल्किसेदेकको कुरा चाहि के होला त ? यसबारेमा बृस्तृत रुपमा बुझ्न तपाइले अम्सुइनद्वारा लिखित पुस्तकको जानकारी लिनु पर्ने हुन्छ


 बुझाउन गाह्रो भनेको बिषय अर्को ब्याखामा जानकारी गराउनेछु 

Comments