राजा दाउद को अगमवाणीको बिषयमा प्रेरित पावल र पत्रुसको सिक्षा
पत्रुसको सिक्षा :
प्रथम मण्डलीको प्रेरितहरुले शारीरिक राजा दाउदको ४० वर्षको सिंहासन र अगमवाणी संग सम्बन्धित् छ भनेर कहिले पनि सिकाएको छैनन् । बरु येशुको पुनरुत्थानद्वारा उहाँ अनन्तको राजा बनि दाउदको सिंहासन को अगमवाणीलाइ पुरा गर्नु भयो भनेर दृढता पुर्वक प्रेरित हरुले घोषणा गरेका थिए ।
प्रेरित २:२९-३२ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।
पेतिकोस को दिनमा जब प्रेरित पत्रुस पवित्र आत्माद्वारा प्रभावित भए , र ख्रीष्टले दाऊदको सिंहासनमा बस्नुहुनेछ भन्ने अगमवाणी येशूको पुनरुत्थानद्वारा पूरा भयो भनेर प्रचार गरेका थिए ।राजा दाउदले ४० वर्ष सम्म राज्य गरे र मरेर चिहानमा गाडीए तर आत्मिक दाउदको रुपमा प्रकटहुनु भएको येशूचाहिँ पुनरुत्थान भएर सदासर्वदा राज्य गर्नु भयो ।
यदि येशू मर्नु भयो तर पुन बौरी उठ्नु भएन भने ,उहाँ मुक्तिदाता हुन नै सक्नु हुने थिएन किनकि उहाँको दाउदको सिहासनको अगमवानी संग कुनै सम्बन्ध नै हुने थिएन । येशूले उचालिनु भएर परमेश्वर को दाहिने बाहुलीमा विराजमान हुनुभएकोले पुरानो करार ले अगमवाणी गरेको मसिहा र दाउदको सिंहासन को नायकको रुपमा गवाही दिएका थिए ।
प्रेरि २:१४-४० सम्म उल्लेख गरिएको पत्रुसको प्रवचन को एउटा अक्षर पनि नछुटाई अध्ययन गर्नुहोस । तर सावधानी पुर्वक उक्त प्रवचन लाइ केहि पटक अध्ययन गर्नुहोस । दाउदको अगमवाणीको बारेमा प्रेरित पत्रुसको प्रचार के थियो भन्ने कुरा बुझ्नुहुनेछ ।(यशैया ९:६-७, लुका १:३२, र पत्रुस २:३० )
यशैयाले अगमवाणी गर्दा येशू बस्नुहुने दाउदको सिंहासन सदासर्वदाको हुनेछ भनेर भनेकाछन । त्यसकारण हामीले येशूले राज्य गर्नुहुने दाउदको सिंहासनलाइ शारीरिक दाउदको ४० वर्ष संग जोड्नु हुदैन । त्यस प्रकारको जिद्दी प्रेरित हरुको शिक्षाको बिपरित हुन जान्छ ।
यशैया ९:६-७ किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ।
भजनसंग्रह ८९:३-४ तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।”
यशैया र भजनसंग्रह को पुस्तकमा येशू दाउदको सिंहासनमा बस्नु भएर सदासर्वदा राज्य गर्नुहुनेछ भनेका छन् । लुकाले पनि दाउदको सिंहासनको बारेमा उस्तै अर्थ मा लेखेकाछन ।
लुका १:३२-३३ उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
कति स्पष्ट र सिधै सिक्षा छैन र?! पुरानो नियमको दाउदको सिंहासनको अगमवाणीले येशू बौरी उठ्नुहुनेछ र परमेश्वरको राज्यलाई अनन्त राजाको रूपमा शासन गर्नुहुनेछ भनेर पत्रुसले विश्वस्त भएर जोड दिए।
प्रेरित ५:३०-३१ हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो। परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो।
प्रेरित पावल को सिक्षा :
प्रेरित १३:३२-३७ “परमेश्वरले पिता-पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्याउँछौं। अर्थात्, कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी, तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ,‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्माएको छु।’ उहाँले ख्रीष्टलाई कहिले नसड्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ,‘तपाईंले आफ्ना पवित्र जनको शरीर सड्न दिनुहुनेछैन।’ “किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।
माथिको पदले प्रेरित पावल ले एण्टिओखिया मा येशुको गवाही दिइरहेका थिए ।
प्रेरित पावलले शारीरिक दाऊद र अगमवाणीका दाऊद ''येशू '' को बीचको भिन्नताको पुष्टि गरे। फरक यो हो कि शारीरिक दाउद मरे र आफ्ना पितृहरूसँग चिहानमा गाडिएका थिए कि तर येशु चिहानबाट पुनरुत्थान हुनुभयो।
प्रेरित १३:३४ पदमा ,' दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ भन्ने पद लाइ यशैया ५५:३ को पद ''म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम।'' भन्ने अगमवाणि संग जोडेर व्यख्या गरेकाछन ।
प्रेरित पावलले दाउदको सिंहासन दाउदको सिघासन को बारेमा व्यख्या गर्दा त्यो अगमवाणि सिधै येशुको मृत्यु पश्चात को पुनरुत्थान संग सम्बन्ध भएको अर्थमा लेखेका छन्(प्रेरित १३:३४) ।
राजा दाउदको अगमवाणि येशू ख्रीष्ट को पुनरुत्थान द्वारा पुरा भयो :
हामीले हेर्ने हो भने, पत्रुसले , येशुले यशैया ९:६-७ को अगमवाणिद्वारा दाउदको सिंहासन पुरा गर्नु भयो भनेर सिक्षा दिएका थिए । अनि प्रेरित पावलले यशैया ५५:३ ''को दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम'' भन्ने अगमवाणि येशुले पुरा गर्नुभएको बारे सिक्षा दिएका थिए । त्यसैले प्रेरितहरुले येशूको पुनरुत्थान '' द्वारा आत्मिक दाउदको अगमवाणि पुरा गर्नु भयो भनेर इंगित गरेको कुरा एकदमै महत्वपुर्ण छ ।
शारीरिक राजा दाउदले राज्य गरेको ४० वर्षको सिंहासन अगमवाणीको दाउदले पनि ४० वर्ष प्रचार गर्नु पर्छ भन्ने को यो कुरा केवल wmscog को कल्पनाद्वारा उत्पन्न भएको परिकल्पना मात्र हो । अनि त्यो परिकल्पना प्रेरितहरुको सिक्षा बिपरित छ ।
दाउदको चालिस बर्षको शासनले येशूको विपरित प्रतिनिधित्व गर्दछ:
येशूको पुनरुत्थान र दाऊदको सिंहासन अगमवाणी पूरा भएको प्रमाण हो भनेर प्रेरितहरूले जोड दिएका थिए । अर्को तर्फ प्रेरितहरुले इतिहासमा मृत्यु भएर चिहानमा गाडिएको दाउद चाहि अगमवाणिको येशु संग बिपरित संकेत हो ।
प्रेरित २:२९-३१ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
प्रेरित १३:३६-३७ “किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।
दाउदलाई प्रतिज्ञा गरेको बिस्वास को प्रेम नै नयाँ करार हो । र करार को माध्ययम द्वारा परमेश्वरले दाउद प्रतिज्ञा भयो '' मा दाउदको सिंहासन सदा सर्वदा को तुल्याउने छु ''भन्नु भयो । यो, अगमवाणिका दाऊद येशू लाई प्रतिज्ञा गरिएको थियो। शारीरिक दाउदले चालिस बर्षको लागि राजाको रूपमा शासन समाप्त गरे, तर येशूले प्राप्त गर्नुभएको दाऊदको सिंहासन भने ,अनन्त हुनुपर्दछ।
भजनसंग्रह ८९:३-४ तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।”
Comments
Post a Comment