दाउदको सिंहासन

अध्याय -२

दाउदको सिंहासन


येशु दाउदको सिंहासनमा बस्नुहुने अगमवाणी गरिएको छ । त्यसो भए दाउदको सिंहासनमा बस्नुहुने अगमवाणि कसरि येशुको जीवनमा पुराभायो होला? दाउदको सिंहासनमा बस्नलाई आवश्यक सर्तहरु के- के हुन त ?

सर्वप्रथम हामि दाउदको सिंहासनमा बस्ने बारे अगमवाणीलाइ एक- एक गर्दै हेरौ ।


दाउदको सिंहासनमा बस्नलाई आवश्यक पहिलो सर्त;


२ शमुएल ७:१२-१३ जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्‍ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्‍तानमध्‍येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्‍यसको राज्‍य स्‍थिर गराउनेछु। त्‍यसले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ, र म त्‍यसको राजकीय सिंहासन सधैँको निम्‍ति स्‍थिर गर्नेछु।


परमेस्वरले दाउदको मृत्यु भए पश्चात दाउदको सिंहासनमा दाउदको वंश बाट एकजाना वासाल्नु हुने र उसको सिंहासन सदासर्बदाको हुने बारे नातान अगमबक्ताले जानकारी गराए । फेरि,


दाउदको सिंहासनमा बस्नलाई आवश्यक दोस्रो सर्त;


भजन १६:९-११ यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।

किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।


यो बचनमा दाउदले आफ्नो शरीर नकुहने र चिहानमा नछोडिने बारेमा गवाही दिए ।



प्रेरित पत्रुसले पेंतिकोसको दिनमा पवित्र आत्मा पाए पछि सबै भन्दा पहिले दाउदको सिंहासनमा बस्ने ब्यक्तो को हो? र 

दाउदको सिंहासनमा बस्नलाई आवश्यक सर्तहरु कसरि पुरा भए अनि दाउदले आफ्नो शरिर नकुहने बारेमा गरेको बचन को अर्थ के हो ? भनेर प्रकाश पारेका थिए ।


प्रेरित २:२५-२९-३०-३२ किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें,किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ।यसकारण मेरो हृदय आनन्‍दितर मेरो जिब्रो हर्षित भयो।यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन,न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो,तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।


प्रेरित २:२९ र ३१ पदमा हेर्दा यो बचन चाहि भजन संग्रह १६:९-११ को बचन संग सम्बन्धित बचन हो भने, २:३० पदले चाहि  २ शमुएल ७:१२-१३ मा भनिएको बचन संग सम्बन्धित जोडी पद हो र ति पदलाई लिएर पत्रुस ले उदृत गरेका हुन ।


दाउदको सिंहासनमा बस्न दाउदको वंशमा जन्मने व्यक्तिले अनिवार्य पुरा गर्नु पर्ने दुइ सर्तहरु: 

१. दाउदाको वंश बाट जन्मनु पर्ने ।

२.शरिर नकुहुनु पर्ने ( पुनरुत्थान हुनु पर्ने)।

अब यस बारेमा यशैया अगमबक्ता ले गरेका अगम्बाणिलाइ हेरौ ,



यशैया ९:६-७ किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो

दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्‍तिका वृद्धिको अन्‍त कहिल्‍यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्‍यमाथि त्‍यसलाई न्‍याय र धार्मिकताको साथ स्‍थापित गरी स्‍थिर गराउन, त्‍यस बेलादेखि सदाको निम्‍ति उहाँले राज्‍य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ।


हाम्रो निम्ति बालकको जन्म हुने, र त्यस बालक दाउदको सिंहासनमा बस्ने र त्यसबेला देखि सदाको निम्ति राज्य गर्ने भनेर लेखेका थिए जुन अगमबाणि येशुले पुरा गर्नु भयो भनेर लुकाको पुस्तकमा यसरि गवाही दिएको छ। 


लुका १:३१-३३ अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।”


लुकाको पुस्तकमा स्वर्गदुतले मरियम संग बोलेका कुरा लाइ लेखिएको हो ।


येशुको जन्म हुने, 

१. दाउदको सिंहासन दिइने किनकि उहा दाउदको वंस बाट हुनुहुन्थ्यो ( लुका  १:३१-३२)।

२.याकुबको वंस माथि (इस्राएलको १२ कुल अर्थात इस्राएल माथि ) सदासर्वदा राज्य गर्ने (पुनरुत्थान ) ( लुका १:३३ )।


दाउदको सिंहासनमा बस्न दाउदको वंशमा जन्मने व्यक्तिले अनिवार्य पुरा गर्नु पर्ने दुइ सर्तहरु येशुले पुरा गर्नु भयो भनेरे प्रेरित पावलले रोमीको पुस्तकमा यसरि लेखेका छन् ।


रोमी १: ३-४ यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो।


१. दाउदाको वंश बाट जन्मनु पर्ने  र येशु योसेफको छोराको रुपमा जन्मिनु भएर पुरा भयो ।

२.शरिर नकुहनु पर्ने ( पुनरुत्थान हुनु पर्ने) येशु पुनरुत्थान हुनुभएर पुरा भयो ।


दाउदको सिंहासन ४० वर्ष भएता पनि अगमबाणिको दाउदको सिंहासन भने अनन्तकालको हुनु पर्दछ भन्ने कुरा हो ।

 दाउदको सिंहासन र अगमबाणिको दाउद येशुको सिंहासन बिपरित खालको सिंहासन हो ।


दाउद राजकीय सिंहासन मा बसी हेब्रोनमा साढे सात वर्ष र यरुशलेममा तेत्तिस वर्ष गरि साढे चालिस वर्ष राज्य गरेता पनि चालिस वर्ष राज्य गरे भनेकाछन (२ शमुएल ५:४-५ ) दाउदको सिंहासनमा बस्ने अगमवाणीका दाउदले राज्य गरेको चालिस वर्ष संग कुनै पनि हालतमा सम्बन्धित छैन दाउदको सिहासन मा बस्ने व्यक्ति चाहि माथिका दुइ सर्तहरु लाइ अनिवार्य पालन गर्नु पर्ने हुन्छ 


इजिकिएल ३७:२४-२८“‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्‍ता गर्नेछन्‌। मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए। तिनीहरू र तिनीहरूका सन्‍तान-दरसन्‍तानहरू सदासर्वदा त्‍यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्‍ति तिनीहरूको राजकुमार हुनेछ। म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ। म तिनीहरूलाई स्‍थापित गर्नेछु, र म तिनीहरूको संख्‍या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्‍ति म र मेरो पवित्रस्‍थान राख्‍नेछु। मेरो वासस्‍थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्‌। तब जाति-जातिहरूले यो जान्‍नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्‍थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्‍छ’।”


फेरि, 

होसे३:५ त्‍यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्‍ना परमेश्‍वरलाई र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्‌। पछिल्‍ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन्‌। 


माथिका यी दुइ पदहरुलाई राम्ररि हेर्नु भएमा बुझ्नु हुनेछ, यहाँ दाउदको राज्यकाल को वर्ष संग कुनै सम्बन्धित छैन तर यदि राज्यकाल को वर्ष लाइ लिएर जिद्धि गर्ने हो भने, के दाउदले “‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्‍ता गर्नेछन्‌। भनिएको यो बचन अनुसार शारीरिक दाउदले पनि परमेस्वरको करार स्थापना गरेका थिए भन्नु पर्ने हुन्छा होइन र? नत्र अगमवाणीको दाउदले कसरि परमेस्वरको करार स्थापना गर्न मिल्ला र? 


बाइबलमा येसुलाई अन्तिम आदम भनिएको छ अब आदम ९३० वर्ष जीवित भए(उत्पति ५:५) ,अब के अगमवाणिका अन्तिम आदम पनि ९३० वर्ष सम्म जीवित हुनु पर्ने होइन र? भन्दै तर्क गर्नु कति हास्यास्पद होला ? त्यसोभए , आन साङ्ग होंग ज्युको पुस्तकमा किन दाउदको ३७ वर्ष को सिंहासन को बारेमा लेखिएको होला हामि यस बारेमा बृस्तृत रुपमा पछि अध्ययन गर्नेछौ 

 

Comments