दोस्रो आगमन र अन्तिम इन्साफ

दोस्रो आगमन र अन्तिम इन्साफ


परिचय: 



यशैया ६६:१५-१६ हेर, परमप्रभु अग्‍निसाथ आउँदैहुनुहुन्‍छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्‌। आफ्‍नो रीस झोँकसित र आफ्‍नो हप्‍काइ आगोको ज्‍वालासित उहाँले ल्‍याउनुहुनेछ। किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्‍याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्‌।


२ थेसलोनिकी १:७-९  र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ। तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्


 २ पत्रुस ३:१२-१३ तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। 


अर्को तर्फ, बाइबलमा येशुलाइ,न्यायकर्ता प्रभुको रुपमा देखा पर्नु हुदा बादलमा देखा पर्ने बारे लेखिएको छ 


१ थेसलोनिकी ४:१५-१७ प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं। किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं


माथिको बचनमा हेर्दा, यस बचनमा, 'प्रभुको पुनरागमन हुदा ' ' मरेकाहरू बौरी उठ्नेछन भनिएको बचन र ' बादलमा उठाइ लगिनेछौ भनिएको बचन लाइ ध्यान दिन आवश्यक छ  सजिलो गरेर भन्ने हो भने, प्रभुको पुनरागमन भनेको नै उहाँ दोस्रो पटक देखा पर्नु हुने भन्ने कुरा हो र त्यस बेला मरेका हरु बौरी उठ्नेछन भनिएको र हामि चाहिप्रभुलाई भेट्न बादलमा आकासमा लगिने छौ भनिएको छ किनकि पावलले यो बचन लेख्दा येशुको पुनरागमन भएको थिएन 

फेरि 

प्रकाशको पुस्तस्कमा पनि यसबारे स्पष्ट लेखिएको छ, 


प्रकाश १:७ हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन


भनिएको र ,

 

प्रकाशको पुस्तकमा येशु ख्रीष्ट बादलमा आउनु हुदा हरेक आँखाले उहाँलाई देख्‍नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचे, भनिएकोले येशुलाई घोच्ने हरु को थिए? निस्चय नै रोमी सेनाहरु थिए नि होइन र? त्यसैले २००० वर्ष अगाडिनै मृत्यु भएका ति रोमी सेनाहरुले अब कसरि देख्न सक्छन त? आत्मिक रुपमा भनेर सोच्नु होला तर बादलको अर्थ शरिर हो भनेर भन्ने हो भने, मरेर आत्मामा मात्र रहेको मानिस हरुले शरीरमा रहेको( मानिसको स्वरुपमा आउनुभएको येशुलाई देख्छन भन्ने कुरा हो ) त्यो नमिल्ने कुरा होइन र? तर येशु ख्रीष्ट बादलमा आउनु हुदा १ थेसलोनिकी ४:१५-१७ बचन मा भनिए जस्तै मरेका हरु बौरी उठ्ने भएकोले सबैले देख्न सक्छन नि!


आगो र बादलले एउटै आगमनको फरक पाटो लाइ देखाएको हो


१ थेसलोनिकी ४:१५-१७ र प्रकाश १:७ को बचन न्यायको प्रभुको रुपमा अन्तिम आगमन मा पुरा हुने एउटै अगमबानिका जोडी पद हुन 

त्यसरी नै यशैया ६६:१५-१६,२ थेसलोनिकी १:७-९ र २ पत्रुस ३:१२-१३ को बचन पनि अन्तिम न्याकर्ताको रुपमा देखा पर्नु हुने अगमबाणि को अर्को पाटा लाइ देखाइएको हो 

परमेस्वर ले आफ्ना मुक्ति पाउने मानिसहरुको उद्दारको निम्ति बादलमा प्रकट भएर उद्वार पाउने हरुलाई बादलमा उठाउने भए पनि त्यहि समयमा दण्ड पाउने मानिसहरुका लागि आगोमा दण्ड पाइरहदा मृतकहरु पुनरुत्थान हुने र छाडिएकाहरु चाहि बादलमा लगिने भन्ने बारे लेखेको बचन हो भन्ने कुरा हामीले १ थेसलोनिकी ४:१५-१७ संग तुलना गरेर जान्न सक्छौ 


एउटा इन्कार गर्न नसकिने कुरा के हो भने, मुक्ति पाउने मानिस हरु बादलमा प्रभुलाई भेट्न बादलमा लगिने र त्यस समय मृतकहरुको पुनरुत्थान हुने र मरेका हरु बौरी उठेर उहालाई घोच्ने हरेक आखाले देख्ने त्यो समय नै उहा बादलमा आउदा पुरा हुने अगमबाणी होइन र? उता आगोमा दण्ड पाउने समय पनि मृतकहरु पुनारुत्थान हुनपर्छ दण्ड पाउअने हरु चाहि बादल भन्दा तल आगोमा रहने छन्

उहा आउनु हुदा, उहाँ बादलमुनि आउने नभई बादलमाथि आउनुहुने हो र हामि पनि उठाइएर उहाँ संगै बादलमा लगिने हो 


दानिएल ७:१३-१४ “राती मैले मेरो दर्शनमा हेरें, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्‍व अनन्‍तसम्‍म रहने प्रभुत्‍व छ, जुनचाहिँ कहिल्‍यै टल्‍नेछैन, र उहाँको राज्‍य त्‍यो हो जुन कहिल्‍यै नष्‍ट हुनेछैन।


दानिएल ७:१३-१४ को अगमबाणि चाहिं मात्ति २४:३० को बचन संग सम्बन्धित बचन हो अनि यसको अर्थ चाहि दानिएल ७:२६ मा तल अनुसार लेखिएको छ

दानिएल ७:२६ तर अदालत बस्‍नेछ, र त्‍यसको अधिकार खोसिनेछ र सदाको निम्‍ति पूर्ण रूपले नाश गरिनेछ। तब सम्‍पूर्ण स्‍वर्गमुनिका राज्‍यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्‍चका मानिसहरू, अर्थात्‌ पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्‍य अनन्‍तको राज्‍य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्‌। (यस अगमवाणिको  समयावधिलाइ हामि दानिएल ७ भागको अगमवाणि भन्ने पाठमा अझ स्पष्ट रुपमा अध्ययन गर्नेछौ


के दोस्रो आगमन र अन्तिम आगमन फरक होला त?


WMSCOG ले येशु को दोस्रो आगमन र अन्तिम आगमन फरक हो, र दोस्रो आगमन चाहि पहिला गुप्तमा भै मुक्ति पाउने १४४००० ला भेला गरि परमेस्वर स्वयम् शरिर धारण गरि प्रकट हुनुपर्छ भनि जिद्वी गर्ने गर्दछन अब हामि बाइबल द्वारा सत्यता के हो भन्ने बारेमा पत्ता लगाउ :

१ थेसलोनिकी ४:१५-१७ प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं। किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं

र अर्को पद,

प्रकाश १:७ हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन


यो पद लाइ संगै राखी अध्यन गर्ने हो भने निश्चित उत्तर पत्ता लाग्नेछ ।

वास्तबमा बादलमा देखा पर्ने भन्ने शब्दलाई दृष्टान्तको बादल हो भनेर व्यख्या गर्ने हो भने, '' आकासको बादलमा '' भनेर लेखिएकोले 'आकाश' भन्ने शब्दको अर्थ चाहिँ के हो भन्ने ?

अर्को तर्क पनि हेरौ, यदि येशु अमेरिका को बादलमा आउनु भयो भने, के नेपालको बादलबाट देख्न सकिन्छ? यो एउटा कु-तर्क मात्र हो । येशुको बादल को आगमन को बारेमा हामि बाइबलिय पद हेरौ , 


मात्ति २४:३०-३१ तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌। उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

फेरि, यो बचन र 

प्रकाश १:७ हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन

फेरि, 

१ थेसलोनिकी ४:१५-१७ प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं। किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं


पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, ... आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌। … उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ,

… पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। 

….किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, यसरि लेखिएकोले र फेरि 

प्रकाश १:७ हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। भनिएकोले देख्नेछैनन भनेर जिद्दिगर्नु के असल छ र?

Comments