अन्तिम आदम

अन्तिम आदम

 

रोमी ५:१४ आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए। 


कसै कसैले यहाँ भनिएको आउनुहुने भनेर रोमीको पुस्तक लेखेको समयाबधिलाई केन्द्रबिन्दु गरि, आउनुहुने भनेको चाहिँ दोस्रो पटक देखा पर्नुहुने, येशुलाई जनाएको भन्ने गर्छन । तर त्यसरी भनेको चाहिँ ,बाइबल मा येशुको प्रथम आगमन पश्चात पुन येशु प्रकट हुनुहुने कुरालाई पनि 'आउनुहुने' भनिएको ले दोस्रो आगमन को बारेमा जनाएको हो भन्ने गर्छन । तर यो बचन, शारिरिक आदम लाइ केन्द्र बिन्दु बनाइ भविष्यमा अर्थात प्रथम आगमनको समयमा ,शारीरिक आदम पश्चात प्रकट हुने येशुलाइ आदम को प्रतिरुप भनेर येशुलाई व्यख्या गरेका हुन । यदि ''आउनुहुने '' भन्ने शब्दलाई मात्र केन्द्रबिन्दु गरि दोस्रो पटक आउनुहुने बारेमा अगमबाणि गरिएको हो भन्ने हो भने यो बचन प्रथम आगमनको समयमा प्रकट हुने येशु लाइ भनेको हुदैन तर हामीले बाइबल लाइ अध्ययन गर्दा, अनिवार्य बाइबलमा भएको पदको अगाडि र पछाडी लेखिएको सन्धर्भ लाइ बुझेर अर्थ लगाउनु पर्ने हुन्छ नत्र गलत अर्थ लगाई झुटा अगमबकता बन्न पुगीन्छ । तर काट्न नसकिने कुरा चाहिं के हो भने, यहाँ, एउटा मानिस को कारणले संसारमा पाप आयो भनिएको त्यो मानिस चाहिँ शारिरिक आदम लाइ जनाएर भनिएको हो ।  भने फेरि एउट मानिस धार्मिकताको काम ले … आग्याकारिकता का कारणले भनेर लेखिएको छ । जीवन चाहिँ प्रथम आगमन को समयमा नै आउनु हुने येशु को बचनद्वारा दीइने निश्चित गरिएको छ राम्ररि यो पद लाइ शुरु देखि अन्त्य संम्म पढ्नु भएमा सबै बुझ्नु हुनेछ । कसैकसैले फेरि जीवन चाहि अन्त्यको दिन मा मात्रै दिने भनेर लेखिएकोले पुन: दोस्रो पटक आदम प्रकट नभए सम्म जीवन पाउन सकिदैन भन्दै तल उल्लेखित पदहरु प्रयोग गर्नेछन ।


यूहन्ना ६:३९ र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ।


यूहन्ना ६:४० किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”


यूहन्ना ६:४४ मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।


यूहन्ना ६:५४ मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु। 


यसरि चार-चार पटक सम्म येशुले अन्त्यको दिनमा जीवित पार्नेछु भन्नु भएकोले अन्तिम आदम प्रकट नभए सम्म जीवन पाउन सकिदैन भन्ने गर्छन ।


के त्यसो भए प्रथम आगमनमा प्रकट भएको येशु त्यसै देखा पर्नु भएको होला त? 


यूहन्ना १०:१०  “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।


बाइबलमा यस्ता धेरै बचनहरु छन् जसले प्रथम आगमन मा येशु प्रकट हुनुभएको कारण नै जीवन दिनको निम्ति हो भनेर लेखिएको छ फेरि किन अन्त्यको दिनमा भन्ने शब्द प्रयोग गर्नु भएको होला ? त्यो चाहिँ, अन्त्यको दिनमा हुने पुनरुत्थान लाइ जनाएर भनिएको बचन हो ।

प्रथम आगमन को समयमा नयाँ करारद्वारा परमेस्वरले ले आफ्ना प्रजाहरुलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नु भयो । र प्रतिज्ञा पाई मरेका सम्पुर्ण आत्माहरुलाइ जगतको अन्त्यमा पुनरुत्थानद्वारा अनन्त जीवन दिने कार्य लाइ लिएर अन्त्यको दिनमा जीवन दिनेछु  हानेर प्रतिज्ञा गर्नुभएको हो ।


जीवन चाहि येशुको बचनमा रहेको छ ।



१ कोरिन्थी १५:४५ यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो।

येशु नै जीवन दिन आउनु भएकोले ( यूहन्ना १०:१०) अन्तिम आदम नै येशु हो नभनी रहन सकिन्न ।

Comments