लूका १८:८ म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनु हुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
कसै कसैले माथिको पदलाई तल अनुसार व्याख्या गर्ने गर्छन।
विश्वास भेट्टाउनेछ र ? ' भन्ने वचनको अर्थ विश्वास छ भन्ने अर्थ हो र ? होइन । विश्वास नभेट्टाउनुहुने कारणले ' विश्वास भेट्टाउनेछ र ? ' भन्नुभएको हो । मुक्ति चाहिँ विश्वासद्वारा पाइन्छ । यदि विश्वास नभएको संसारमा येशूज्यूको अन्तिम इन्साफको प्रभुको रूपमा अन्तिम आगमन भयो भने साँच्चै कसले मुक्ति पाउन सक्छ र ? कसैले पनि मुक्ति पाउन सक्दैन । तर बाइबलले अन्तिम समयमा मुक्ति पाउने सन्तहरू छन् भनेर जानकारी दिएको छ ( १ कोर १५ : ५१-५२ , १ थेस ४ : १५-१७ ) । यदि कसैले पनि मुक्ति पाउन सक्दैनन् भने यो युगमा परमेश्वरलाई विश्वास गर्नुको के अर्थ भयो र ? त्यसैले दोस्रो आगमन भयो भने संसारको इन्साफ हुन्छ भन्ने सोचाइ गलत छ । खीष्ट पहिला विश्वास नभएको संसारमा दोस्रो पटक आउनुभएर अन्तिम समयमा मुक्ति पाउने सन्तहरूको विश्वास खडा गरिदिनुभएपछि अन्तिम इन्साफ गर्नको निम्ति आउनुभएमा बाइबलमा लेखिएको वचनअनुसार पूरा हुन्छ
तर हामीले येशु वचनलाई यसरी व्याख्य गर्नु हुदैन।यहाँ येशुले विराेधाभासपृर्ण प्रश्न साेध्नुभयाे।येस्ता कोही समूह अनि मनिसहरु छन जसले त्यस वचनको अर्थ विश्वास भेट्टाउनु हुने छैन भन्नेर भने गर्छन।तर यो वचनको अर्थ तेस्तो होइन।
सुरुमा हामीले माथिको वचन बुझ्नु भन्दा आगाडि मानिसको पुत्र कहिले र कुन समयमा आउनुहुनेछ भन्ने बरेमा हेरौ।
मत्ती २६:६४ येशूले तिनलाई भन्नुभयो, “तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।”
माथिको वचन येशु दोश्रो पटक आउनु हुने कुरा को बारेमा हो।त्यहाँ ध्यानपुर्बक हेर्न हो भने त्यहाँ येशु शरीरमा आउनु भएर संसारमा सुसमाचार गर्नुहुन्छ अनि संसारले इन्कार गर्छ भनेर भनेको छ र?छैन ।तर
अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।”
हामीले यो पदलाई ध्यानपुर्बक हेर्न हो भने त्यहाँ येशु शरीरमा आउनु भएर संसारमा सुसमाचार गर्नुहुन्छ भन्ने कुरा छैन।
हामीले माथिकाे वचनलाई ध्यान दिइएर हेर्न हाे भने येशु दोश्रो पटक बादलमा अाउनुहुँदा संसारका सबै मानिसहरुले देख्नेछन्।त्याे समयमा येशुले सबैको न्याय गर्नुहुन्छ।आगमबक्ताहरुले उहाँलाई सामन्य रूपमा लिन सक्ने छैनन्।
त्यसैले बिश्वास भेट्टाउने छ र? भन्ने वचनकाे अर्थ चाहिँ कसैले पनि मुत्ति पाउन सक्दैनन् भन्ने अर्थ हाेइन कि एकदम कमले मात्र मुक्ति पाउन सक्छन् भन्ने कुरा हाे।
यशैया ५३:१-२ हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियोऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।
याे अगमवाणीकाे वचन पनि
लुका१८:८ काे वचन जस्तै प्रश्नन वाचक वचन हाे।यहाँ यशैया अगमवत्ताले कसले हाम्रो समाचार विश्वास गरेको छ?भनेर भने।याे येशु खीष्टकाे सुसमाचारकाे बारेमा भनिएकाे हाे।हाम्रो समाचार कसले विश्वास गरेको छ?यसकाे मतलब कसैले पनि विश्वास गर्ने छैनन् भन्ने अर्थ हाे त?हाेइन्।
यसकाे मतलब एकदमै थेरैले मात्र विश्वास गर्ने छन् भन्ने अर्थ हाे।
प्रकाश६ :१७ किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”
याे अगमवाणीकाे वचन पनि लुका१८:८ काे वचन जस्तै प्रश्नन वाचक वचन हाे।क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”याे वचनकाे मतलब क्रोधको ठूलो दिनमा केही पनि खड़ा हुन सक्दैन् अनि मुक्ति पाउन सक्दैनन् भन्ने अर्थ हाे र?हाेइन्।
क्रोधको दिनमा मानिसको वुद्दिले र शक्ति केही पनि बाँच्न् सक्दैन भन्ने अर्थ हाे।क्रोधको ठूलो दिनमा परमेश्वरकाे वुद्दिले र शक्तिलाई मात्र थाेरै जना मात्र बचाइने छन् भन्ने अर्थ हाे।
यशैया २४:१३ जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
याे वचन अन्तिम विपत्तिबाट बच्ने मानिसहरुकाे संख्याकाे बारेमा भनिएकाे हाे।यहाँ भनिएकाे छ कि बाँकी रहेका थाेरै मात्र बाँच्नेछन।यस्ताे सन्दभमा येशुले मानिसको पुत्र फेरि संसारमा अाउनु हुदाँ संसारमा विश्वास देख्नुहुन्छ कि भनेर विराेधाभासपृर्ण प्रश्न साेध्नुभयाे।
यसैले मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”यसकाे मतलब याे हाे कि येशु दाेस्राे पटक अाउनु हुदाँ एकदम थाेरै मानिसहरुले मात्र सहि तरिकाले पछ्याइ रहेका हुन्छन्।याे संख्या धेरै नभएपनि तिनिहरु सत्यमा अभ्यास गर्नेहरु हुन्।
अर्के शब्दमा न्यायकाे अन्तिम दिनमा केवल थाेरै मानिसहरुले मात्र सत्यतालाई सहि रुपमा बुझ्नेछन् र मुक्तिकाे सत्यतालाई स्वीकार गर्नेछन्।तर संसारकाे नजरमा मुक्तिकाे सत्य व्यर्थ देखिन्छ।के संसारका येशुलाई विश्वास गर्ने मानिसहरुले नयाँ करारका चाडहरु सहि तरिकाले मानिरहेका छन् र??
Comments
Post a Comment