परिपक्कहरुका लागि खदिलो भोजन

परिपक्कहरुका लागि खदिलो भोजन 



हिब्रू ५:११-१४ यस विषयमा हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्‍ने शक्ति मन्‍द भएको छ। किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ। दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ। खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।



बास्तबमा यो वचन त्यस समयका केही हिब्रु सन्तानहरुलाई सत्यतामा इस्थिर गराइरहन र सत्यतामा हुर्केरहेका सन्तानहरुलाई सत्यताबाट अलग नहुनकाे निम्ति दिइएकाे प्रोत्साहनकाे वचन हाे।



वास्तबमा शुरुका मण्डलीका सन्तानहरुले अन्य युगहरुभन्दा परमेश्वरकाे अनुग्रह र शक्ति प्रशस्त मात्रामा उपभाेग गर्न पाए । तिनिहरुकाे विश्वास र येशुबारेकाे ज्ञान पहिलेभन्दा धेरै थियाे। यद्धपि शुरुवाती समयमा मण्डलीमा प्रवेश गरेका हिब्रुहरुलाई येशु लेवीकाे वंशवलीमा नपर्ने पनि स्वर्गीय पवित्र मन्दिरमा अनन्तको पुजाहारी हुनुहुन्छ भन्ने कुरा बुझउ्न कठिन परेकाे थियाे।



किनकि हजारौं बर्षदेखि लेविको वंशावलीले मात्र परमेश्वरको पुजाहारी अधिकार पाएका थिए। अनि लेविको कुलमा नपर्नु भएका येशु स्वर्गको मन्दिरमा प्रधान पुजाहारी हुनुहुन्छ भन्ने नयाँ शिक्षा हिब्रुहरुलाई बुझाउनु गाह्राे थियाे।

यस सन्धर्भमा हिबुहरुका लेखकले भने यस विषयमा(मल्कीसेदेककाे) हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ।


त्यसकारण नया करार अनि स्वर्गीय पवित्र स्थानकाे ज्ञान अभाव भएका हिब्रु सन्तानहरुलाई परिपक्क हुनुकाे लागि आत्मिक  भाेजन खान अाग्रह गरियाे।

हिबुहरुका लेखकले अघ्घाय ७ देखि १३सम्म वर्णन गरे कि कसरी यहुदा कुलका येशु स्वर्गकाे मन्दिरमा अनन्त पुजाहारी हुनुभयाे।




हिब्रू ७:१-३  यिनै मल्‍कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। राजाहरूलाई परास्‍त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए। यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्‍यसपछि चाहिँ शालेमका राजा हुन्‌, अर्थात्‌ शान्‍तिका राजा। विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌।



हिब्रू ७:१३-१६ किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्‌, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन। किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌। यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ,जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌। 

Comments