केवल येशू

                                                                         केवल येशू


 परिचय :




परमेश्वरको वचन पुरानो र नयाँ करार गरि विभाजन भएको छ । पुरानो करारको समयमा इस्राएलिहरुले प्रार्थना गर्दा र भजन गाउदा ''यहोवा'' नाउँमा गरेका थिए ।तर, नयाँ करारको समयमा मण्डलीले येशूको नाउँ मा पुकारा गर्दछन ।परमेश्वरको उद्धारक प्रशासनको दृष्टिकोणबाट हेर्दा , मानवजातिको इतिहास, आदमदेखि नै पुरानो र नयाँ करारको को युगमा विभाजित भएको छ।


परमेश्वरले मुक्तिको कार्यलाई किन दुई युगमा विभाजन गर्नुभएको होला ?के सन्तहरूले प्राप्त गर्ने मुक्तिको अनुग्रह इस्राएलीहरूको भन्दा भिन्न छ?त्यसोभए, ख्रीष्टियानका लागि पुरानो करारले के अर्थ राख्दछ ? के ती दुई बीच कुनै सम्बन्ध छ? अर्को तर्फ,इस्राएलिहरुका लागि नयाँ करारले के अर्थ राख्दछ ? हामीले किन पुरानो करार समावेश भएको ६६ अध्याय भएको बाइबल लिनु पर्छ होला? 


कम्तिमा यो प्रश्न एकपटक भए पनि तपाइलाइ आएको हुन सक्छ । तर तपाइले प्रश्नको जवाफ नपाई हार खाएर छोडिदिएको पनि हुन सक्छ तर आधारभूत कुरा पनि थाहा नपाइ सामान्य तरिकाले यदि हामीले येशूको नाउ लिएर प्राथना गर्यौ भने आशिसित हुन सकिन्छ भन्ने ठान्नु हुन्छ?


हाम्रो बिस्वासको जग र सम्पुर्ण आत्मिक कुराहरुको अधिकारिकता नै बाइबल हो । त्यसकारण बाइबलका एकदमै आधारभूत प्रश्नहरु को स्पष्ट ज्ञान हुन आवश्यक छ । हामी संग पनि प्रथम मण्डलीको सन्तहरु र प्रेरितहरुको जस्तै बाइबलिय ज्ञान हुन आवश्यक छ । जब रोमी साम्राज्यको समयमा नासरथ को येशूको सु- समाचार फैलिएको चाहि,,केवल सन्तहरुको जोस र बलिदानको कारण मात्र थिएन ,तर बाइबलिय ज्ञान को जानकारी ले गर्दा पनि थियो । उनीहरुसंग नया कराबाट पाएको उत्साह र रहश्यको ज्ञानद्वारा स्पष्ट उत्तर थियो भनि हामि देख्न सक्छौ ।


चर्चका नेत्रित्व गर्नेहरूबीच शक्ति संघर्षको कारण २,००० वर्षको चर्चको ईतिहासमा धेरै गहिरो उतार चढावहरू आएका थिए। प्रेरितहरुको सम्पूर्ण सिक्षाहरुलाई बङ्गग्याउन थलिएको थियो ।प्रारम्भिक मण्डलीका सन्तहरूले बुझेका ज्ञानलाई अरुहरुले राम्ररि नबुझी लोप भयो । हिजो आज येशुको नाम त रह्यो तर हाम्रो उद्धार को लागि दिएको त्यो नाउको शक्ति स्पष्ट प्रशार भएन ।


 हामीले प्रेरितहरूको समयको शिक्षाहरू र पुरानो र नयाँ नियमका शास्त्रहरूमा प्रारम्भिक मण्डलीका पवित्र जनहरूको ज्ञानको खोजी गर्नुपर्दछ र ती सबैलाई आजको सिक्षाको रूपमा हाम्रो जीवनमा पुनर्जीवित गर्नुपर्दछ।हामी पुरानो तथा नयाँ करारको बारेमा कुरा गर्न चाहन्छौं। यो सत्य हो कि, ती दुई बिच गाँठो त छ, तर तिनीहरू परमेश्वर को महान मुक्तिको कार्य संग आपसमा सम्बन्धित  छन्। मेरो भनाइ के हो भने, इस्राएलिहरुको निम्ति र प्राम्भिक चर्चको सन्तहरुको निम्ति अनुग्रहको मुक्ति फरक छैन ।


 येशूको नाउमा, परमेश्वरको उद्धार र अनुग्रह समय र ठाउँलाई पार गर्ने सम्पूर्ण आत्माहरूलाई समान रूपमा दिइएको छ।

येशू ख्रीष्ट ,मृत र जीवित दुवैको प्रभु हुन सक्नुहुन्छ, र येशूको नाममा स्वर्ग र पृथ्वीमा र पृथ्वी मुनि प्रत्येक घुँडा टेकिनु पर्छ।

मुक्तिदाताको नाम केवल येशू मात्र हुनुहुन्छ, र त्यस नाममा परमेश्वरको छुटकारा दिने अनुग्रह पुरानो नियमका इस्राएलीहरू र प्रारम्भिक मण्डलीका सन्तहरूका लागि समान हुनेछ।यदि हामी नयाँ करारको शक्तिलाई दुबैलाई प्रभावकारी रूपमा महसुस गर्यौ भने , हामी सबैले प्रभुको धार्मिकतालाई असीम धन्यवाद दिन्छौं।


अध्याय १. स्थापना गर्ने व्यक्तिको नाउँमा पुरा भइरहेको करार  

लेबी २६:९ “‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।


गन्ति ६:२७ “यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्‍नेछन्, र म तिनीहरूलाई आशिष्‌ दिनेछु।”


पुरा गरिरहेको व्यक्ति नै करार स्थापना गर्ने व्यक्ति हो ।त्यसैले करार स्थापना गर्ने व्यक्तिको नाउमा करार पुरा हुन पर्दछ , यसको अर्थ, पुरानो करार यहोवा को नाउमा पुरा हुन आवश्यक छ , त्यसैले त्यो समयमा इस्राएलिहरुले यहोवाको नाउमा पुकारा गरे र बलिदानहरू चढाए 

     

त्यस्तै गरी, नयाँ करार येशूले स्थापित गर्नुभयो।  यो नयाँ करार पूरा गर्ने येशू नै हुनुहुन्छ।  तसर्थ, नयाँ करारको युगका सन्तहरूले "येशूको" नाममा प्रार्थना र आराधना गर्दछन ।


लुका २२:२० यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।


जसरि पुरानो करार अनुरुप बलिदान चढाउँदा, चढाउने व्यक्तिले यहोवाबाहेक अरू नाम पनि पुकारा गरेमा आशिष्‌ पाउन सकिदैन । त्यसको कारण चाहि, पुरानो करारलाइ पूरा गर्न त्यस लाइ स्थापित गर्नुहुने एक मात्र परमप्रभु हुनुहुन्छ । त्यसरी नै , यदि हामीले येशु नाउँ बाहेक अरु नाउ पुकारा गरेर त्यसलाई स्थापना गर्ने करार पालन गर्न सकिन्छ र? त्यसरी नै येशु द्वारा खडा गरिएको नयाँ करार येशुको नाउ पुकारा नगरी पालन गरेमा आसिश पाउन सकिदैन । अहिले हामीले पालन गरिरहेको आराधना हरु सबै पुर्ण रुपले २००० वर्ष अगि प्रेरित हरुले पालन गरेको प्रथम मण्डलीको नयाँ करार हो । त्यसैले हामीले केवल येशु नाउमा पुकारा गर्ने र त्यस नाउमा प्रार्थाना गर्नु पर्दछ ।


२.पुरानो र नयाँ करार बिच के भिन्नता छ ?



हिब्रु ९:१६-१७ किनकि जहाँ इच्‍छापत्रको प्रश्‍न छ त्‍यहाँ इच्‍छापत्र लेख्‍नेको मृत्‍यु भएको प्रमाणित हुनुपर्दछ। उसको मृत्‍यु भएपछि मात्र इच्‍छापत्र पक्‍का हुन्‍छ, किनकि इच्‍छापत्र दिने बाँचुञ्‍जेल त्‍यो पक्‍का ठहर्दैन।


इच्छा-पत्रको सवालमा ,यसको निर्माणकर्ताको मृत्यु पश्चात मात्र प्रभावकारी हुन्छ भनेर बाइबलमा लेखिएको छ । यसको कारण चाहिँ इच्छा- पत्रचाही व्यक्तिको मृत्यु पश्चात मात्र कार्य गर्ने भएको कारणले गर्दा हो । इच्छा पत्र बनाउने व्यक्तिको मृत्यु पश्चात मात्र प्रभावकारी हुने भएकोले बनाउने व्यक्ति जीवित हुने समय सम्ममा यो निष्क्रिय हुने गर्दछ ।


 हिब्रु ९:२२ वास्‍तवमा, व्‍यवस्‍थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्‍दैन।


पुरानो करारको सवालमा , यहोवा परमेश्वरद्वारा करार स्थापना गर्नुभयो, जो मर्नु भएन फेरि पुरानो करार रगत बगाएर स्थापना गरिएको पनि थिएन । बरु, बाछाको रगतलाई करारको रगत भनिएको छ (हिब्रु ९:२०) यसको अर्थ बाछा र बोकाको रगतद्वारा यहोवाको मृत्युको सट्टामा थियो । पुरानो करार यहोवाको नाउँ मा स्थापना गरिएको भए पनि, अनन्त मुक्तिको शक्ति भने थिएन । यसको कारण चाहिं येशुको मृत्युको सट्टामा केहि समयको लागि पशुबलिदान द्वारा करार स्थापना गरिएको थियो ।


हिब्रु १०:१ किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन।


हिब्रु ९:१० ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए।


 पुरानो करारले मुक्तिको शक्तिविना नयाँ करारमा जानको लागि पाइला ढुंगाको रूपमा काम गर्‍यो । इस्राएलीहरूलाई तिनीहरूले गरेका  तिनीहरूको पाप क्षमा यहोवाको नाममा गरिएको थिएन भनेर बाइबलले जानकारी दिएको छ ।

नयाँ करारको बारेमा चाहि?, नयाँ करार स्थापना गर्नुहुने व्यक्ति येशु हुनुहुन्थ्यो ।त्यसैले येशुले रगत बहाउनु भएर नया कराको छाप लगाउनु भयो । 


लुका  २२:२०यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।


 पाप को क्षमा दिनको लागि आफु ले रगत बहाउनु भइ म्र्त्यु भोगेर नयाँ करार स्थापना गर्नु भयो । हरेक बिस्वासिहरुको पाप नयाँ करार को माध्यमद्वारा क्षमा हुन सकोस् भनेर उहाँ ले यसलाई स्थापना गर्नु भएको थियो ।नयाँ करार मा चाहिँ पुरानो करार स्थापना गर्नुहुने यहोवाको नाउँद्वारा पापको क्षमा हुन सक्ने गरि खडा गरिएको छैन । तसर्थ, नयाँ करारको सम्बन्धमा प्रेरित यूहन्नाले यो परमेश्वरको आज्ञा हो भनेर भनेका छन ।


 प्रकाश १४:१२ परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍वास राख्‍ने सन्‍तहरूको धैर्य धारण यसैमा छ।


परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍वास राख्‍ने सन्‍तहरू भनिएको छ ।आज्ञाहरूले चाडहरु, बलिदानहरु र पवित्र स्थान लाई जनाउदछ । पुराना करारका आज्ञाहरु, नयाँ करार को आज्ञाहरू मा परिवर्तन भएका छन् । यदि हामि उहाँको सन्त हुन चाहन्छौ भने, येशुमा बिस्वास राख्ने मात्र नभई नयाँ करार मा दिइएका आग्याहरुलाई पनि पालन गर्नु पर्दछ । 


पुनरुत्थान पस्चात,  येशु उचालिनु भै स्वर्गीय पवित्र स्थान प्रवेश गर्नु भयो , मल्किसेदेका को दर्जा अनुसार को प्रधान पुजाहारी हुनुभइ आफ्नै बलिदानको रगतद्वारा पवित्र स्थान को सेवा गरि  हाम्रो पाप को क्षमा दिनु भयो । येशु स्वयम् को रगतले पशुको रगत येशूको प्रतिस्थापन गर्यो त्यसै गरि पुजाहारी पद पनि हारुनको दर्जा अनुसार लेबी वंशको पुजाहारी पद पनि मल्किसेदेका को दर्जामा येशु प्रधान पुजाहारि भइ परिवर्तन भयो। अझ पार्थिव पवित्र स्थान पनि स्वर्गीय पवितर स्थान मा परिवर्तन भयो ।


नयाँ करारको सम्पुर्ण आदेशहरु तोकिएको समयमा चाडहरुको माध्ययमद्वारा, स्वर्गीय पवित्र स्थानमा सेवा गरिने आत्मिक आराधना हो । नयाँ करारमा गरिने आत्मिक आराधना चाहिं रगत बगाउनु भइ, क्रुसमा बलिदान हुनुहुने येशुको नाउँमा मात्र प्रभावकारी हुन्छ। तोकिएका समय सबाथ दिन ,र तिन चरणका सात चाडहरु, निस्तार चाड बाट शुरु भएर छाप्रोबासको चाड सम्म का बिधिहरु द्वारा हामि येशुको अनमोल रगतको माध्यमद्वारा पापहरु क्षमा पाउदछौ ।


 ३.पुरानो करार का मानिसहरुका निम्ति नयाँ करारको प्रभावकारिता ।



कसैकसैले सोच्ने गर्दछन इस्राएलिहरु को मुक्ति पुरानो करार राम्ररि पालन गरेकाले भयो । तर प्रेरितःहरुको सिक्षालाई हेर्ने हो भने यो सत्य होइन ।  प्रेरित हरुको सोचाइमा येशु ख्रीष्ट आउनु भएर इस्राएलिहरुका मुक्तिको कार्य पुरा भयो।अर्को शब्दमा भन्ने हो भने,येशु नआउनु भए सम्म इस्राएलिहरुको मुक्तिको पुर्णता हुन सक्दैन ।


यूहन्ना १:२९-३१ भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।”


बाप्तिष्मा दिने यूहन्नाले '' येशु संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! '' हुनुहुन्छ भने, र उहाँ इस्राएलमा प्रकट हुनुहोस भनेर मैले पानीको बप्तिष्मा दिदै आए,''। यसको अर्थ संसारको पाप भन्ने अर्थ होला? यहाँ, संसारको पाप भन्नाले पुरानो करार पालन गर्ने इस्राएलिहरुको बिषयमा भनिएको हो । परमेश्वरले प्रेम गर्नुहुने संसार, नयाँ नियमको संसारमा सीमित हुन सक्दैन।(यूहन्ना ३:१६) किनकि पुरानो करारको समयमा गरिएको पशु बलिदानको रगतले पाप को क्षमा हुने सक्दैन ।

येशुले उठाउनु भएको संसारको पाप चाहिँ, येशु ख्रीष्ट प्रकट हुनुभन्दा अगाडि पुरानो करारको समयमा मरेका मानिसहरु का पाप पनि समावेश गरिएका छन् । अर्को शब्दमा भन्ने हो भने, पुरानो करारको समयमा मृत्यु भइ सकेका मानिसहरु पनि  पापद्वारा छुटकारा नपाएकाले पनि येशु ख्रीष्ट प्रकट हुनु परेको हो । बाइबलमा यो लेखिएको छ,  पुरानो नियमका मानिसहरूको मुक्ति येशूको येशूको रगतद्वारा मात्र पूरा भएको छ भनेर तल अनुसार भनिएको छ।


१ पत्रुस ३:१-२० किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो। यसै आत्‍मामा उहाँ जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।


नोआ को समयमा मरेको मानिसहरुको आत्मा कैद मा थियो, र येशु पुनरुत्थान भए पश्चात उहाँ नया करार प्रचार गर्न जानु भयो ।निस्चयनै जलप्रलयमा मर्नेहरुलाई मात्र नभएर, पुरानो करारको समयमा मर्ने सम्पुर्ण मानिसहरुकालागि उहाले नयाँ करार प्रचार गर्नुभयो । 


१ पत्रुस ४:५-६ तर जीवित र मृतकहरूका न्‍याय गर्न तत्‍पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ। यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्‍तै शरीरमा इन्‍साफ पाए तापनि आत्‍मामा तिनीहरू परमेश्‍वरजस्‍तै जिऊन्‌।


रोमी १४:९ चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू( पुरानो करारका मानिसहरु) र जीवितहरू दुवैका प्रभु होऊन्‌।


१ कोरिन्थी १५:२२ किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌।


येशु ख्रीष्ट मरेकाहरू( पुरानो करारका मानिसहरु) र जीवितहरू दुवैका प्रभु ( उद्दारका ) हुनुभयो। येशुको बलिदानको रगतको अनुग्रह आदम देखि लिएर अन्तिम १४४००० सन्तहरुमा समेत प्रवाह भएको छ । नयाँ करारका प्रेरितहरुले आदमको पाप मा मर्ने सबैलाई येशू ख्रीष्टको छुटकाराको अनुग्रह समान रूपले दिइएको छ भनेकाछन । त्यसकारण, पुरानो नियमको समयका विश्वासी विश्वासीहरू येशूको पुनरुत्थान पछि स्वर्गको पवित्र शहरमा प्रवेश गरे भनेर मत्तीले लेखेकाछन ।


मात्ति २७:५२-५३ चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।



 ४. आदम देखि सबैको लागि मात्र येशु 


यूहन्ना १:१७ किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।


 हिब्रु ८:५-८ तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।” तर यसै पनि ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा त्‍यतिकै बढ़ी श्रेष्‍ठ छ, जत्तिको उहाँले मध्‍यस्‍थता गर्नुभएको करार पुरानोभन्‍दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ। किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन। किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍नुहुन्‍छ, “परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।


येशू कैदमा आत्माहरूलाई प्रचार गर्न जानुभएको सुसमाचारको सन्दर्भलाइ ,प्रेरित यूहन्नाले अनुग्रह र सत्यता भनेका छन् र हिब्रु पुस्तकका लेखकले यसलाई नयाँ करार हो भनेका छन् । यसको अर्थ केहो भने, पुरानो करारको समयका मानिसहरु जसले विश्वासमा पहिले नै मरिसकेका थिए, उनीहरुले कैदमा नयाँ करार सुने र येशूको रगतमार्फत उनीहरूका पापहरू क्षमा भए। यसरि पुरानो करारका मानिसहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएझैं नयाँ करार पूरा भयो।


यर्मिया ३१:३१,३४ परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।...परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”


आदम पछि, येशुको रगत समाविष्ट भएको नयाँ करारको माध्यमद्वारा सम्पुर्ण मानवजातिले उद्दार पाउने हुन ।पुरानो करारमा यहोवा नाउँ पुकारा गर्ने हरेक मानिसहरु केवल येशुको नाउँद्वारा मात्र उद्धार पाए । हिब्रुका लेखकले तल अनुसार लेखेका छन् ।


हिब्रु ११:३९-४० तिनीहरू सबैले आफ्‍ना विश्‍वासको निम्‍ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्‌। परमेश्‍वरले हाम्रा लागि अझ असल योजना राख्‍नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्‍याइऊन्‌।


उद्धार पाउनका लागि येशु बाहेक अर्को कुनै नाउँ दिइएको छैन । संसारको सृष्टि भएपछि देखिनै  येशूको नाम बाहेक मुक्तिको शक्ति दिने कुनै नाम छैन भन्ने सुरुका मण्डलीको समयमा भएका प्रेरितहरूको दृढ विश्वास थियो ।


प्रेरित ४:११-१२ ‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”


कसैकसैले माथिको यो पदले पुरानो करारका मानिसमा लागु हुदैन भन्ने गर्छन । 

तिनीहरु, पुरानो करारको मानिसहरु यहोवाको नाउँमा उद्धार पाएका हुन् र येशु नाउँ चाहिँ नयाँ करारको मानिसहरुमा लागु हुने हो भन्ने गर्छन । तर , माथिको पद पत्रुसले यहोवा नाउँमा बिस्वास गर्नेहरुलाई भनेका हुन् । यदि ति मानिसहरुले यहोवाको नाउँ पुकारा गरि उद्धार पाउने हुन् भने, यसरि भन्नु पर्ने कारणनै छैन । पुरानो र नयाँ नियम बाहिर, मुक्तिदाता को नाम आदम पछि सबै मानवजातिको लागि येशू एकमात्र हुनुहुन्छ।  अन्धकारमा रहेका मानवजातिको लागि शक्ति र आनन्द बन्न सक्ने एक मात्र नाम येशूको नाम हो। यसको जवाफमा प्रेरित पावलले पवित्र आत्माको प्रेरणाद्वारा तल लेखे।


फिलिप्पी २:९-११ त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो,जो हरेक नाउँभन्‍दा उच्‍च छ, कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।



५. परमेश्वरले मोशाको समयमा किन नयाँ करार दिनुभएन?


यूहन्ना १:१७ किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।


लुका १६:१६ “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयसम्‍म मोशाको व्‍यवस्‍था र अगमवक्ताहरू प्रचार गरिए। त्‍यस बेलादेखि परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्‍यस राज्‍यभित्र बलपूर्वक प्रवेश गर्दछन्‌।


यो साँचो हो कि पुरानो र नयाँ करारको बीचमा एक गाँठ छ। मोशाको व्यवस्था र येशू ख्रीष्टको अनुग्रह र सत्यको बीचमा स्पष्ट गाँठो थियो भनेर यूहन्नाले गवाही दिएकाछन् । लुकाले पनि येशु ख्रीष्टद्वारा नै सु- समाचारको सुरुवात भएको घोषणा गरेका छन् । यदि यहाँहरुले प्रेरितहरूका अभिलेखहरूलाई ध्यानपूर्वक विचार गर्नुभयो भने, यहाँहरुले जान्न सक्नुहुन्छ कि पुरानो करारमा परमेश्वरको राज्यको कुनै सु- समाचार थिएन।त्यसोभए, मोशाको समयको सुरुवात देखिने किन परमेस्वरले राज्यको सु-समाचार दिनु भएन त ? अनुग्रह र सत्यता दिइनु अगि परमेस्वरले किन व्यवस्था दिनुभएको होला? अनि व्यवस्थाको कार्य र भूमिका के होला ? 


यूहन्ना ५:३९ तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन्,


गलाती ३:२४-२५ विश्‍वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्‍यवस्‍थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्‍टसम्‍म डोर्‍याउने जिम्‍मा दिइयो। तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।


व्यवस्थाले येशु ख्रीष्टको गवाही दिएको छ भनेर लेखिएको छ ।यसको अर्थ, व्यवस्थाबिना मानवजातिले येशुलाई तुरुन्तै मुक्तिदाताको रुपमा स्वीकार गर्न सम्भव थिएन ।पुरानो करारको समय, यो एक यस्तो  युग थियो, जुनबेला परमेश्वरको राज्यको बारेमा बुझ्ने कुरा एकदमै प्राथमिक अवस्थामा भएकोले सुसमाचारमा विश्वास गर्न असम्भव थियो। त्यसैले परमेश्वरले येशु ख्रीष्ट को आगमन अगाडि मानवजातिले सु- समाचारलाई स्विकार्न सकुन भनि धार्मिक वातावरण यारी गर्न आवश्यक थियो । यदि त्यसो हो भने, मानवजातिलाई आत्मिक संसारको अनुभूति गराउन परमेश्वरले कस्तो कुरा तयारी गर्नुभयो होला त ? सर्वप्रथम ,मानव इतिहासमा आफ्नो संलग्नताबाट परमेश्वरले आत्मिक संसारको अस्तित्व प्रमाणित गर्नुभयो। अर्को शब्दमा भन्ने हो भने, मानवजातिको भविष्यकोबारेमा अगमवाणी गरेर र पछि त्यस अगमबाणिलाई पूरा गरि परमेश्वरले आफ्नो सर्वोच्चता प्रकट गर्नुभयो।


 यशैया ४१:२१-२३ “आफ्‍नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्‍नुहुन्‍छ। “आफ्‍नो तर्क ल्‍याओ,” याकूबका महाराजाधिराज भन्‍नुहुन्‍छ। “जे हुन आउनेछ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्‍याओ। यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्‍छ भनी हामी जान्‍न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ। अब आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्‍वर हौ भनी हामी जान्‍न सकौंला। असल वा खराब केही गर, कि हामी हरेस खाऔं अनि डरमा परौं।



परमप्रभुले भन्नु भयो , '' हुन आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्‍वर हौ भनी प्रमाणीत गर ।'' यशैया अगमवक्ताले मानवजातिलाई ईश्वरीय संसार चिन्नको लागि कस्ता प्रमाणहरू चाहिन्छ भनेर लेखेका थिए। भविष्यमा हुने घटनाहरूको पूर्वदृष्टि र त्यसो गर्न परमेश्वरको अद्भुत शक्तिको अनुभव गर्नु ईश्वरीय संसारको पक्का प्रमाण हो। परमेश्वरले इस्राएलको हजारौं बर्षको ईतिहासमा परमेश्वरको अस्तित्व र सामर्थ्यको प्रमाण दिनुभयो। पुरानो करार इस्रायलको इतिहासमा उहाँको संलग्नता छ भन्ने कुराको अभिलेख हो। र पुरानो करारको मुख्य कुरा भनेको मोशालाई दिइएको व्यवस्था हो। र मोशाको व्यवस्थामा आधारित आशिष् र श्रापहरूका माध्यमबाट परमेश्वरले आफूलाई इस्राएलीहरूका निम्ति वास्तविक परमेश्वर हुँ भनेर प्रमाणित गर्नुभयो।


व्यवस्था २८:१-3 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।  परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:


व्यवस्था २८:१५ तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:


 परमेस्वरले इस्राएलिहरुलाइ मोशाको व्यस्था दिनुभयो । र व्यवस्थामा आशिष् र श्रापहरू समाविष्ट प्रतिज्ञाहरु छन् । इस्राएलीहरूले व्यवस्था पालन गर्दा र उलंघन गर्दा परमेश्‍वरको आशिष र दण्ड का भागिदार हुने गर्दथिए। इस्राएलिहरुको इतिहासद्वारा परमेश्वरले प्रतिज्ञा लाइ कत्ति राम्ररी राखिएको देखाउनु भएको छ ।हजारौ बर्षको इस्राएलको इतिहासमा , तिनीहरुको भविष्य लगातार देखाइएको छ । र अन्तत: भविष्यवाणी गरिएको कुरा पुरा भएको छ । इस्राएलमा केन्द्रित थुप्रै कुराहरू पुरानो नियममा अभिलेख गरिएका छन्।तसर्थ, पुरानो करार ले  परमेश्वरको अस्तित्व र शक्ति को एक निश्चित गवाही दिन्छ ।अन्तमा, येशू ख्रीष्ट प्रकटहुने  र अनुग्रह र सत्यको घोषणा गर्ने समय आइसकेको छ। दोस्रो चाहिँ, मोशाको व्यवस्थाको छायाँमा देखाइएको छुटकाराको योजनाको माध्यमबाट, येशू ख्रीष्टको छुटकाराको आधारभूत कुराहरूलाई हामीले सजीलै बुझ्न र महशुस गर्न सक्दछौ ।


हिब्रु ८:१-५ अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ। किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ। उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌। तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।”


पुरानो करारको बलिदान चढाउने प्रणाली छाया र नमूना को रुपमा नयाँ करारको स्वर्गीय पवित्र स्थान देखाउनको लागि  थियो। रगत नबगाएमा पापको क्षमा हुन सक्दैन भन्ने छुटकाराको सत्यता परमेश्वरले हजारौं वर्षदेखि शारीरिक इजरायलीहरूले जोगाएको प्रणालीमार्फत पूर्णरूपमा सिकाउनुभएको छ ।अन्तमा, येशू ख्रीष्टले आफ्नो रगतको माध्यमद्वारा   पापको क्षमा पाउन सक्ने स्वर्गीय पवित्रस्थान स्थापना गर्नुभयो। यस्तो लेखिएको छ, पुरानो करार थोत्रो भएको छ र येशु ख्रीष्टको आगमन को कारण ,जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ। अब पुरानो करारको आवश्यकता छैन किनकि नयाँ करारको पवित्र स्थान महसुस गर्न हामीलाई नेतृत्व गर्ने यसको भूमिका भएको ले अब समाप्त भएको छ ।


हिब्रु ८:१३-९:१ यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।...पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए।


अर्को शब्दमा भन्ने हो भने,'' पहिलाको करारमा धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए।''त्यसैले नयाँ करारमा पनि स्वर्गीय पवित्र स्थान र धर्मबिधिहरु पनि हुन आवश्यक छ भनि हामि जान्दछौ । पार्थिव पवित्र स्थानलाई स्वर्गीय पवित्र स्थानले बदल्यो, र पुजाहारी पद पनि हारुनको दर्जाबाट अनन्त मल्किसेदेकको दर्जामा परिवर्तन भयो। पाप क्षमा को रगत पनि, पशुबलि लाइ  येशुको रगतले बदल्यो ।हजारौं वर्षदेखि पालन गरिएको बलिदान प्रणालीको पुष्टिमार्फत, नयाँ करारको सन्तहरूले येशू ख्रीष्टद्वारा स्थापित स्वर्गीय पवित्रस्थानको सत्यतालाई विश्वास गर्न र स्वीकार गर्न सक्ने भए।


गलाती ३:२१-२५ तब के व्‍यवस्‍था परमेश्‍वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्‍ने व्‍यवस्‍था दिइएको भए, धार्मिकता साँच्‍चै व्‍यवस्‍थाबाट हुनेथियो। तर धर्मशास्‍त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्‍टमाथि विश्‍वासद्वारा दिइएको थियो, त्‍यो विश्‍वास गर्नेहरूलाई दिइओस्‌। तर विश्‍वास आउन अघि हामी व्‍यवस्‍थाको वशमा थियौं, र विश्‍वास प्रकट नभएसम्‍म हामी थुनिएका थियौं। विश्‍वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्‍यवस्‍थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्‍टसम्‍म डोर्‍याउने जिम्‍मा दिइयो। तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।


आदम पछि, परमेश्वरले इस्राएलीहरूलाई छान्नुभयो र तिनीहरूलाइ इतिहासमा सामेल गर्नुभयो, र मोशाको व्यवस्थाको सुपरिवेक्षणको रूपमा उहाँ हजारौं वर्ष पर्खनुभयो।उहाँको उपलब्धि कत्ति अद्भुत छ!  येशूले दिनुभएको अनुग्रह र सत्यता कत्ति कृतज्ञ छ! साच्चै, हामीले पालन गर्नुपर्ने नयाँ करारको अनमोलता हामीले जान्नै पर्दछ।नयाँ करारको अनुग्रह र सत्यता येशू ख्रीष्टको अद्भुत प्रेम हो।  उहाँले हामीलाई महान् र अद्भुत प्रेम दिनुभएको छ जुन येशूको नाउँमा पापीको रूपमा स्वीकार्न साहस गर्न गाह्रो छ।

Comments